Wednesday, February 29, 2012

वन राज्यमन्त्रीका पीए घुस लिँदालिँदै रंगेहात पक्राउ

वन राज्यमन्त्री लक्ष्मण महतोका निजी सहायक (पीए) नागेन्द्र यादव घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रहरीले उनलाई अनामनगरस्थित पीस प्वाइन्ट रेष्टुरेण्टबाट पक्राउ गरेको हो।

यादवलाई डीएसपी लालमणि आचार्यको टोलीले पक्राउ गरेको हो। फायल पास गर्न लामो समयदेखि रकम माग्दै आएका उनलाई ५० हजार नगद सहित अख्तियारको टोलीले पक्राउ गरेको हो। अख्तियारका डिआइजी रमेश शेखर बज्राचार्यले पक्राउको पुष्टि गर्दै भने- '५० हजार नगद लिँदा लिँदै पक्राउ गर्‍यौं, अनुसन्धान जारी छ।'

वन राज्यमन्त्री महतो  काठमाडौं‌मै छन्। वनमन्त्री मुहम्मद वकिल मुसलमान भने लाङटाङ राष्ट्रिय निकुञ्जको भ्रमणमा छन्।